काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप १ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अरुणकुमार श्रेष्ठलाई जोरपाटी माथिको नयाँबस्तीबाट पक्राउ गरेको हो।
उनी नापी विभागका पूर्व कर्मचारी तथा अमिन हुन्। सरकारी जग्गामा नक्कली मोही खडा गर्ने काममा उनीको पनि भूमिका देखिएको सीआईबीले जनाएको छ।
यो प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्। सीआईबीले सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा अनुसन्धान गर्न ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको छ।