काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ। काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो।
स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।
पार्कमा हिँड्न नपाएको भन्ने जन गुनासो आएको र वडाको स्वीकृती समेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृती लिएर मात्रै गर्न आग्रह गरे।