काठमाडौं । लमजुङ सदरमुकाम बेसीशहरमा रोकिरहेको बस गुडेपछि दुर्घटना भएको छ । बेसीशहर नगरपालिका ८ शेरास्थित बस काउण्टर नजिकै रोकि राखेको बस गुडेको हो । ना ५ ख ४०८१ नम्बरको बस पृथ्वी राजमार्ग बस काउण्टर नजिकै डुम्रे तर्फ जाने यात्रुलाई चढाउन रोकिरहेको थियो ।
दुर्घटनामा एक युवती गम्भीर घाईते भएकी छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन् । गम्भीर हुने राइनास नपा ९ कुवापानीकी २२ वर्षीय मिस्मा गुरुङ रहेकी प्रहरीले जनाएको छ । घाइतेको लमजुङ अस्पतालमा उपचार भैरहेको छ ।चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।