काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ।
उनीहरुको साथबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको जनाइएको छ । पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा पुरुष गाउ हुइ, झोङ सेक चिन र महिला ताङ पिङ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ब्रेक सुमा राखिएको सुन बरामद गरेको थियो।