काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागद्वारा सडक डिभिजन, काठमाडौंलाई सम्मान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक सुशील बाबु ढकालबाट एक कार्यकमबीच सडक डिभिजन,काठमाडौंलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो।
सडक डिभिजन, काठमाडौंले आर्थिक वर्ष २०७९÷८० मा सडक मर्मत सम्भार कार्य उत्कृष्ट रूपमा सम्पादन गरेको भन्दै सम्मान गरेको हो । निर्धारित समयमा परियोजनाको काम सम्पन्नसँगै गुणस्तरीय कामको सम्बन्धित निकायसँगको सहकार्य जनतासँगको सहकार्यलाई बलियो ढंगले स्थापित गर्दै कार्यालयले स्थानीयबासीको मन जितेको थिए ।
सडक डिभिजन, काठमाडौंको प्रमुख इन्जिनियर नारायण निहुरेको लगनशीलता र उनलाई नजिकबाट चिन्ने मन्त्रालयका र विभागका कर्मचारी भन्छन्, ‘उहाँको भलादमी पन सँगै उहाँको काम प्रतिको इमान्दारिताकै कारण कार्यालयले यो सफलता हात पारेको हुन् ।’
पुष्पलाल मध्यपहाडी राजमार्ग संगै पश्चिम नेपालको अन्य निकायमा काम गर्दा समेत उनको उल्लेखनीय कामको चर्चा अहिलेसम्म पनि हुँदै आइरहेको छ। प्रमुख निहुरेले भने आफ्नो कामप्रतिको यो सफलताको पछाडी सडक डिभिजन काठमाडौंका सम्पुर्ण कर्मचारी परिवारको हात रहेको बताएका छन्।