काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ । बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो । आउने कुल ३०० जना पर्यटक मध्ये आज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।