काठमाडौं । सरकारले विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरेको छ । राजपत्रमा सूचना सार्वजनिक गर्दै सरकारले विज्ञापन नियमावलीमा पहिलो संशोधन गरेको जानकारी दिएको हो ।
यससँगै, विज्ञापन नियमावलीमा केही नयाँ व्यवस्था समेटिएका छन् । राजपत्रमा प्रकाशित सूचनाअनुसार विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ लाई संशोधन गर्न आवश्यक देखिएकाले संशोधन गरिएको उल्लेख गरिएको छ । नियमावली संशोधन भएसँगै नेपालको विज्ञापन बजार थप प्रभावकारी र पारदर्शी बन्ने विज्ञापन बोर्डले जनाएको छ ।
पूर्णपाठ