काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नीति,कानून तथा योजना समिति सदस्यमा मनोनित भएका छन् । उनलाई महासंघको केन्द्रीय कार्यसम्पादन समितिको गत जेठ ४ गते बसेको बैठकले महासंघको विधान, २०७४ को दफा २५ को उपदफा १ बमोजिम गठन गरिएको उक्त समितिमा मनोनयन गरिएको हो ।


