काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो।
बस बुधबार बिहान त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। दुर्घटनास्थलमा प्रहरी पुगेर उद्धार सुरु गरिएको छ।
दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ।