काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार बिहान भएको बस दुर्घटनामा घाइतेहरुको उपचारका लागि काठमाडौँ ल्याइएको छ । बस दुर्घटनामा परेर आठजनाको घटनास्थलमै मृत्यु भएको थियो । २५ जना सवार बसमा १७ जना घाइते भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार १३ जना गम्भिर घाइते भएका विरामीलाई काठमाण्डौ रिफर गरिएको छ । बाँकी चार जनाको मलेखु अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । अहिले घाइतेहरुको उद्धारको काम सकिएको उनले जानकारी दिए । यद्यपि कुरिनटारबाट गएको गोताखोरको टोलीले पानीमा यात्रुहरु खोज्ने काम जारी रहेको छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ यो बस काठमाण्डौँबाट पोखरा हुँदै म्याग्दीका लागि छुटेको थियो । विहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर दुई चालिसे भन्ने स्थानबाट त्रिशुलीमा खसेको थियो ।