काठमाडौं । भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा एकजना नेपाली रहेको खुलेको छ। अन्यको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको छ ।