काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम चारदेशीय सिरिजको अन्तिम खेलमा आयोजक मलेसियासँग पराजित भएको छ। बायोमास ओभलमा शुक्रबार भएको खेलमा नेपाली टिम मलेसियासँग ६ विकेटले पराजित भयो।
मलेसियासँग पराजित भएपनि नेपाली टिम चारदेशीय सिरिजका फाइनलमा भने पुगेको छ। यसअघि हङकङ र कुवेतलाई हराएको नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। यता, मलेसिया भने नेपाललाई हराएर पनि रनरेटका तेस्रो बनेपछि फाइलन पुग्न सकेन। अब सिरिजका उपाधिका लागि नेपाल र हङकङ भिड्ने छन्।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको ८५ रनको लक्ष्य मलेसियाले १६।२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसका लागि ऐन्ना हमिजा हसिमले ३७ तथा महिरा इज्जती इस्मालीले २१ रनको योगदान दिइन्। बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र पूजा महतो समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सकेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन्। उनले २ चौका र १ छक्का प्रहार गरिन्। यस्तै इन्दु बर्माले २० रन बनाउँदा काजल श्रेष्ठले १८ रन बनाइन्।