काठमाडौं । महिला टी–२० सिरिजको फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको छ । नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक भएपछि खेलको डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो । टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो ।
निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभरमात्रै खेल्न पायो ।
पानीले खेल रद्द भयो । नेपालले ५.३ ओभरमा १ विकेट बनाउँदै ३७ रन बनायो र नेपालले डकवर्थ लुइस पद्धतिबाट १३ रनले जित निकाल्न सफल भयो । यो जितसँगै नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो ।