काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ५ सदस्य अस्ट्रेलियन फ्रेन्चाइज लिग बिग बासको ड्राफ्डमा परेका छन्। बिग बासको नयाँ सिजनका लागि अस्ट्रेलियन क्रिकेट बोर्डले निकालेको ड्राफ्टमा नेपालबाट चार पटक बिगबास खेलिसकेका सन्दीप लामिछानेसहित ५ खेलाडी परेका छन्।
जसमा सन्दीपसँगै ओपनर तथा विकेटकिपर ब्याट्सम्यानद्वय आसिफ सेख र अर्जुन साउद तथा मिडलअर्डर ब्यट्सम्यानद्वय आरिफ सेख र देव खनाल छन्। ड्राफ्टमा परेका ५ मध्ये सन्दीप, आसिफ, आरिफ र देव एसिया कप खेल्न अहिले पाकिस्तानमा छन्। नेपालले ८ वर्षपछि यू–१९ विश्वकप पुर्याएका देव नेपाली टिमका कप्तान हुन्। सन्दीपबाहेक चारैजना पहिलो पटक बिग बासको ड्राफ्टमा परेका हुन्। अघिल्लो सिजन सन्दीपसँगै ओपनर सुवास खकुरेल पनि ड्राफ्टमा परेका थिए। सन्दीपले यसअघि मेलबर्न स्टार्सबाट २ सिजन होबर्ट हुरिकेन्सबाट एक सिजन बिग बास खेलेका छन्। बिग बासको ड्राफ्टमा २९ देशका कुल ३७६ खेलाडी परेका छन्। यी खेलाडीबाट बिग बासका ८ टिमले सेप्टेबर ३ मा विदेशी खेलाडी छनोट गर्ने छन्।