काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका –९ स्थित सिटिइभिटी कार्यालय नजिक मर्स्याङ्दी नदीमा भेटिएको शव चालकै भएको पुष्टि भएको छ । आइतबार दिउँसो भेटिएको शव अघिल्लो राती नदीमा बेपत्ता रहेका बस चालक खेमबहादुर भुलेजको रहेको पुष्टि भएको हो ।
शव सोमबार बिहान ११ बजे मात्र निकालिएको छ । नदिबाट निकालेको शव उनका परिवार र आफन्तले पहिचान गरेपछि चालक ४० बर्षिय भुजेल नै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
शनिबार राती करिब १२ः३० बजे सोहि पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक घ १ ख ३७२ नम्बरको बस नदीमा खस्दा चालक भुजेल बेपत्ता थिए । चितवनको भरतपुर मानपा– १३ घर भइ सोहि वडाको ङादीमा बस्दै आएका भुलेजको शव सशस्त्र प्रहरी वलको चितवन कुरिनटारबाट आएको गोताखोर टोलीले र्याफटिङ बोट मार्फत झिकेको हो ।