काठमाडौं । एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। योसँगै नेपाल एसियन कपबाट बाहिरिएको छ।
डिएलएस मेथड अनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो। जुन लक्ष्य भारतले १७ बल बाँकी छदै पुरा गरेको हो। भारतको जितमा रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ७४ रन र गिलले नटआउट ६७ रन जोडे।