काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाका कारण रद्द भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक-एक अङ्क बाँड्दै खेल टुङ्गाए । योसँगै यूएई समूह ‘ए’ को विजेता र नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो ।
दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले अब समूह ‘बी’ को विजेतासँग भदौ २२ गते सेमिफाइनल खेल्नेछ ।