काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाए बापत दुई लाख ५० हजार रुपियाँ घुस रकम लिएको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियारका अनुसार दुई लाख ५० हजार रुपियाँ रकममध्ये एक लाख ५० हजार रुपियाँ यादवले बिचौलिया विनोद अधिकारीमार्फत लिएका थिए। यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरबाट जग्गाधनी पुर्जा बनाएबापत नायब सुब्बा प्रदीप पौडेललाई दिन एक लाख रुपियाँ रकम माग गरेको समेत अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
अभियोगपत्रमा मुख्य कसुरदार विचौलिया विनोद अधिकारीविरुद्ध एक लाख ५० हजार र पौडेलविरुद्ध एक लाख रुपियाँ कायम गरिएको छ।
घुस लनदेनमा लेखापढी व्यवसायी आशिषराज बस्नेत र दिनेश बन्जारा समेत संलग्न रहेको बताउदै जनही एक लाख रुपियाँ बिगो कायम गरिएको छ। नापी सर्वेक्षक यादवसहित पाँचैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरिएको छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक संस्थानमा भएका…
काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, August 9
ताजा :
- बजारमा एलपी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न संघको आग्रह
- रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- बालेनलाई गगन थापाको सुझाव– ‘चमत्कार’ देखाउने होइन, ०४८ सालजस्तै जोखिम लिनुस्
- मन्त्री यादवको पहलपछि ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन
- २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर उपहार
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाख
- ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ
- ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
- भूमि प्रशासनका सेवा फाराम सरलीकरण गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने
नापी सर्वेक्षक यादवसहित पाँच जनाविरुद्ध घुस मुद्दा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
