Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । अब नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा अथवा नयाँ ढाँचामा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
Author: हाम्राे हेडलाइन
भदौ ७ देखि १४ गतेसम्म तय गरिएको रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। नयाँ मिति तय भएको छैन, असोजतिर भ्रमण हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ। यसैबीच पाँच सदस्यीय संसदीय टोली भने भदौ ८ गते सातदिने चीन भ्रमणमा जाने भएको छ। काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। भदौ पहिलो साता चीन जाने गरी भइरहेको तयारी रोकिएको हो। यसअघि लामिछाने भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमणमा जाने तयारी थियो। भ्रमणका क्रममा उनले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम थियो। प्रतिनिधिमण्डल बेइजिङ हुँदै…
ललितपुर । सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरूले लामो समयदेखि गर्दै आएको धर्ना कार्यक्रम स्थगित गरेका छन्। सहमतिपछि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका ऋणीहरू आइतबार आ–आफ्नो गन्तव्यतर्फ फर्किएका हुन्। नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना स्थगित गर्ने निर्णय भएको थियो। सहमतिपछि ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ फर्काउने व्यवस्था गरिएको हो। आइतबार बिहान करिब ९ बजेदेखि विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा साझा यातायातका बसमार्फत बिदाइ गरिएको थियो। उनीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको हो। धर्नामा सहभागी ऋणीहरू झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र…
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन सम्बन्धित मतदातालाई आफ्नो विवरण जाँच गरी आवश्यक भए सच्याउन आग्रह गरेको छ। आयोगका अनुसार मौजुदा मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि २०८३ असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ। नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने आयोगले जनाएको छ। आयोगले मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा त्रुटि भए सच्याउन निवेदन दिन आग्रह गरेको छ। कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराउनसमेत आयोगले अनुरोध गरेको छ। त्यस्तै, कुनै मतदाताको…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विदेशमा तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकले समेत मतदान गर्न पाउने व्यवस्था मिलाउन आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा तथा निर्वाचन सुधारसम्बन्धी छलफलका क्रममा गृहमन्त्री गुरुङले सबै नागरिकको मतदानको अधिकार सुनिश्चित हुने गरी कानुनी तथा प्राविधिक तयारी अघि बढाउन आग्रह गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृहमन्त्रीले सबै मतदातालाई मताधिकार प्रयोग गर्ने अवसर उपलब्ध गराउन आवश्यक कानुनी व्यवस्थाहरू प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा समेट्न आग्रह गरेका छन्। यसका साथै विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताले मतदान गर्न सक्ने प्रणाली विकासका लागि आवश्यक…
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउन अनुसन्धान तथा नीतिगत गतिविधिलाई तीव्रता दिएको छ। प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार विभिन्न विषयमा तयार भएका आठ वटा अनुसन्धान प्रतिवेदनलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएको छ। प्रतिष्ठानका अनुसार ‘विद्यालयको पाठ्यक्रममा लैङ्गिक सवाल र घरेलु हिंसा, कसुर तथा सजाय’ तथा ‘नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि र व्यवस्थापन प्रणालीको सुदृढीकरण : एक रणनीतिक अध्ययन’ सम्बन्धी प्रतिवेदनलाई प्रकाशन पुनरावलोकन तथा सिफारिस समितिमा आन्तरिक समीक्षाका लागि पठाइएको छ। त्यस्तै,…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले स्वास्थ्य बीमाबारे राखेको जिज्ञासाको जवाफ दिँदै वाग्लेले यस्तो बताएका हुन्। उनका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ व्यवस्था गरिएको उनले बताए। चालु आर्थिक वर्षका लागि भने स्वास्थ्य बीमाको बजेट ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको वाग्लेले स्पष्ट पारे। अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व बढ्दै गएको…
काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बेलुका बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले पीपीएका लागि आवश्यक मापदण्ड तयार गरी ७ दिनभित्र सञ्चालक समितिमा पेस गर्नेछ। उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीई शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य रहेका छन्। प्राधिकरणको व्यापार शाखाका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ। आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाअनुसार उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकहरूसँग विद्युत् खरिद सम्झौता…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा संसदीय दलका नेता उद्धव थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको निर्णयविपरीत नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै थापामाथि कारबाही गरिएको हो । राप्रपाले यसअघि नै थापालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर पार्टीको निर्देशन पालना नगरी सरकारलाई समर्थन कायम राखेपछि उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ । पार्टीको निर्णयविपरीत संसदीय गतिविधि सञ्चालन गरेको र पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै थापाको पार्टी सदस्यता समेत खारेज गरिएको हो ।…
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया टुंगिएको छ । नेकपा एमालेका नेता किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेपछि प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका…
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले ११ वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ। त्यस्तै, माध्यमिक तह कक्षा ९–१० र आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको तलब बराबर कायम गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
