Author: हाम्राे हेडलाइन

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सडक, औद्योगिक क्षेत्र, सीमा नाका, संरक्षण क्षेत्र र अधुरा आयोजनासहित नौ विषयमा संघीय सरकारको सहजीकरण मागेका छन्। घरेलु मदिरासम्बन्धी प्रदेश कानुन र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी ऐन कार्यान्वयनमा रहेका संघीय कानुनी अड्चन हटाउन पनि आग्रह गरिएको छ। प्रधानमन्त्री शाहले कानुन संशोधन आवश्यक पर्ने विषयमा कानुनी सहजीकरण र संघीय सरकारबाट नीतिगत निर्णय गर्नुपर्ने विषयमा समन्वय गर्ने सकारात्मक प्रतिक्रिया दिएका छन्। काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आयोजना, प्राकृतिक स्रोतको अधिकार, औद्योगिक क्षेत्र, सीमा नाका र प्रदेशले बनाएका कानुन कार्यान्वयनसहित नौ विषयमा संघीय सरकारको…

Read More

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ का विभिन्न व्यवस्थाबमोजिम प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा उपस्थित हुन रुलिङ गरेका हुन् । गत १७ जेठमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय हित र नेपालको भौगोलिक अखण्डताविरुद्ध रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै आएका थिए । यही विषयलाई लिएर विपक्षी सांसदहरूले लामो समयदेखि प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै आएका थिए ।…

Read More

काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्ये १६ जना विजेताले जनही एक लाख रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाएका छन्। दोस्रो पाक्षिकमा छनोट भएका १६ जना विजेतालाई प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ। २५ प्रतिशत कर कट्टीपछि उनीहरूले खुद एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। बम्पर पुरस्कारमा पनि २५ प्रतिशत कर…

Read More

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना मागप्रति सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। सङ्घले म्यानपावर कार्यालय बन्द गर्नुका साथै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि रोक्ने जनाएको छ। यससँगै नयाँ श्रमिक छनोटदेखि उडानसम्मका वैदेशिक रोजगारसम्बन्धी गतिविधि प्रभावित हुने भएका छन्। सङ्घले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमासमेत समाप्त भएपछि भोलिदेखि सम्पूर्ण काम–कारोबार ठप्प पार्ने निर्णय गरिएको सङ्घले जनाएको छ। सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले प्रक्रिया पूरा भइसकेका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमै सबैभन्दा धेरै निन्दा र आलोचना खेपेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले जन्मेदेखि अहिलेसम्म आफूले भोगेको निन्दामध्ये पछिल्ला तीन दिनको निन्दा सबैभन्दा ठूलो भएको बताएका हुन्। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको नेतृत्व र कार्यशैलीप्रति आलोचना भएको थियो। सोही घटनालाई संकेत गर्दै थापाले पछिल्लो तीन दिन आफूविरुद्ध सञ्चारमाध्यमका शीर्ष समाचारसमेत आलोचनाले भरिएको बताए। उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर, यो गएको तीन दिनमा मेरो निन्दा भएको छ।’ थापाले पछिल्ला…

Read More

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरी पाँच वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्। बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशत कायम भएको छ। साउनमा यस्तो औसत ब्याजदर ४.१७ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेको छ। साउनमा ३.१२ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर भदौमा ३.०८ प्रतिशतमा झरेको हो। भदौका लागि ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक रहेका छन्। यस्तै, कृषि विकास बैंक, एभरेष्ट…

Read More

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका हुन्। साथै कार्यालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। अविरल वर्षाका कारण साउन २७ र २८ गते राति थवाङ गाउँपालिका–५ कोटलबारा तथा सुनछहरी गाउँपालिका–२ फलबाङ र गिच्छेमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन्। प्रभावित परिवारलाई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम मृतकका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको बताएका छन्। पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्‍याएको बताएका हुन्। उनले यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्ने विश्वाससमेत व्यक्त गरे। ‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ देउवाले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’ देउवाले नेपाली कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी गर्दै पार्टीले मुलुकका ठूला राजनीतिक परिवर्तनको…

Read More

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमबार बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि शुक्रबार भएको सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठकी श्रीमती सरस्वतीले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। शुक्रबार श्रेष्ठको पक्षबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो। प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्रीसमेत बरामद गरेको छ। श्रेष्ठमाथि अनुसन्धानका लागि…

Read More

काठमाडौं । लघुवित्तपीडितका समस्या समाधान गर्न सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच सातबुँदे सम्झौता भएको छ। अर्थ मन्त्रालयमा भएको वार्ता तथा छलफलपछि सरकार र आन्दोलनरत पक्षबीच लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा सहमति जुटेको हो। अर्थमन्त्रीस्तरको निर्णयअनुसार गठन गरिएको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिबीच भएको छलफलपछि सम्झौता भएको हो। सम्झौताले लघुवित्तका ऋणीले भोग्दै आएका समस्या, कर्जा असुली प्रक्रिया, कालोसूची तथा धितो लिलामलगायत विषयलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ। सम्झौताअनुसार लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीसँग सम्बन्धित समस्या अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न उच्चस्तरीय समिति गठनका लागि सिफारिस गरिने भएको छ। प्रस्तावित समितिले…

Read More