Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा अघि बढाइने प्राथमिकता, लक्ष्य तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सम्बन्धित मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गरी त्यसको प्रति आदानप्रदान गरेका हुन्। सम्झौताले सुशासन प्रवर्द्धन, सामाजिक न्याय सुनिश्चितता तथा आर्थिक–सामाजिक समृद्धिका क्षेत्रमा सरकारले लिने कार्यदिशालाई कार्यसम्पादनका सूचकसँग आबद्ध गर्ने उद्देश्य राखेको छ। प्रधानमन्त्रीसँग सम्झौता गर्ने मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर…

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभागका रूपमा देखाइएको नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उक्त नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरिएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा नक्सा पोस्ट गर्दै यसअघि आफूले सार्वजनिक गरेको होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने आह्वानलाई थप जोड दिएका छन्। विश्वमा प्रवाह हुने कुल तेलमध्ये करिब २० प्रतिशत तेल होर्मुज जलडमरूमार्ग हुँदै जाने गर्छ। यो जलडमरूमध्य इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा पर्छ। ट्रम्पले गत शुक्रबार चुनावी शैलीको एक कार्यक्रममा पहिलोपटक होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने विचार सार्वजनिक गरेका थिए। उनले त्यतिबेला आफूले उक्त जलमार्गलाई ‘छिट्टै अमेरिकी भूभाग घोषणा गर्ने’ बताएका थिए।…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापतिको निर्देशनअनुसार शुक्रबार बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित घन्टी घर केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो। पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको सूचनाअनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारीदेखि पार्टीको आन्तरिक सांगठनिक व्यवस्थापनसम्मका विषयमा छलफल तथा निर्णय हुनेछन्। बैठकमा स्थानीय निर्वाचनका लागि तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने प्रस्ताव प्रमुख कार्यसूचीमा राखिएको छ। साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। रास्वपाले बैठकबाट पार्टीभित्र विभिन्न तहमा मनोनयनसमेत गर्ने तयारी गरेको छ। केन्द्रीय समिति सदस्य, पदाधिकारी…

Read More

काठमाडौं। संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शनअनुसार महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्न निर्देशन दिएको छ। कार्यालयले सम्बन्धित निकायअन्तर्गत कार्यरत राष्ट्रसेवकलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्न आग्रह गरेको छ। यसमा बजेट वक्तव्य २०८३/८४…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको जानकारी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयले तयार गरेको ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए। मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयले गत साउन २९ गते कार्यविधि अर्थ मन्त्रालयमा पठाएको हो। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यविधि कार्यान्वयनमा ल्याइने उनले बताए। सरकारले चालू आर्थिक वर्षमा विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले एकता, सहमति, संवाद र व्यापक सहभागिताबाट पार्टीको १५औँ महाधिवेशनको वातावरण बनाउने निर्णय गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि भदौ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने पूर्वनिर्णयलाई यथावत् कायम गरेको हो। महाधिवेशनलाई केवल निर्वाचनमा सीमित नगरी लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको महोत्सवका रूपमा सम्पन्न गर्ने वातावरण बनाउने निर्णय बैठकले गरेको छ। महाधिवेशन तयारीका लागि आवश्यक समितिहरू गठन तथा संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी पार्टी सभापति थापालाई दिइएको छ। महाधिवेशनमा सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा उनले नेपालका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरिरहेका छन्। सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ। यसै क्रममा सोमबार नै प्रधानसेनापति अशोकराज सिग्देल…

Read More

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी संस्थालाई आर्थिक हानिनोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रेडक्रसका तत्कालीन चार पदाधिकारी र एक जना बिचौलिया रहेका छन्।सीआईबीका अनुसार पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी घर भई मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितताको छानबिन प्रतिवेदन…

Read More

काठमाडौं । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै अन्तिम बिदाइ गरिएको हो । गृहमन्त्री सुधन गुरुङको पहलमा उहांलाई राष्ट्रिय सम्मान दिने निर्णय भएको थियो । उनको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा चर्चित गायिका आनी छोइङ डोल्मालगायत साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । श्रेष्ठको निधनसँगै नेपाली साहित्यले केवल एउटा कवि गुमाएको छैन, नेपाल भाषा र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा…

Read More

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखी अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चको आदेशमा जनआस्था अनलाइनमा प्रकाशित तस्बिर जाहेरवालाले नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको उल्लेख छ। श्रेष्ठ जनआस्था पत्रिकाका सम्पादक भए पनि तस्बिर प्रकाशित भएको जनआस्था अनलाइनको सम्पादकीय भूमिकामा रहेको नदेखिएको पनि अदालतले जनाएको छ। वैयक्तिक गोपनीयता हननको अभियोगमा श्रेष्ठलाई बुधबार…

Read More