Author: हाम्राे हेडलाइन

चालु आर्थिक वर्षको बजेट अझै नगरसभामा पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका प्रतिनिधिसहितको टोली आज सम्बन्धित पालिकामा पुग्नेछ। टोलीले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग छलफल गरी बजेट रोकिनुको कारण पहिचान गर्दै नगरसभा सञ्चालन र बजेट पेश गर्ने वातावरण बनाउन सहजीकरण गर्नेछ। काठमाडौं। चालु आर्थिक वर्ष सुरु भइसक्दा पनि नगरसभामा बजेट पेश गर्न नसकेका मधेश प्रदेशका चार नगरपालिकामा संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। पटकपटकको समन्वयपछि पनि बजेट पेश हुन नसकेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा विकास र पारस्परिक हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको…

Read More

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सञ्चय नगर्न आग्रह गरेको छ। संघले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास आपूर्तिलाई लिएर उपभोक्तामा देखिएको चिन्ताबारे बजारको वास्तविक अवस्था स्पष्ट पारेको हो। संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट भइरहेको एलपी ग्यासको आयात हाल करिब १५ प्रतिशतले वृद्धि भएको छ। आयात सहज रूपमा भइरहेकाले ग्यास उद्योगहरूले सिलिन्डर रिफिलिङ गरी नियमित रूपमा बजारमा पठाइरहेको संघले जनाएको छ। संघका अनुसार ग्यास सकिने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरी जगेडा…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। रास्वपाका अनुसार लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यही मान्यतालाई आत्मसात गर्दै सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा आम नागरिकका लागि खुला रहनेछ। उक्त समयमा मन्त्रीहरूले सर्वसाधारणका गुनासा, समस्या,…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक संस्थानमा भएका सामान्य सुधारलाई ‘चमत्कार’ का रूपमा प्रस्तुत गर्नुभन्दा दीर्घकालीन संरचनागत सुधारका लागि राजनीतिक जोखिम लिन आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले प्रधानमन्त्री बालेनको केही दिनअघिको सामाजिक सञ्जाल पोस्टको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले केही विषयमा धारणा राख्नुपर्ने अवस्था आएको बताए। थापाले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सार्वजनिक संस्थान सुधारका लागि लिएको जोखिम अहिलेको सरकारले पनि लिनुपर्ने धारणा राखे। उनका अनुसार त्यतिबेला मुलुकको राजस्व करिब १२ अर्ब रुपैयाँको हाराहारीमा रहे पनि सरकारले घाटामा सञ्चालन भइरहेका कपडा, चुरोट,…

Read More

काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘क्विक रेस्पोन्स’ प्रणालीलाई प्रभावकारी बनाएको छ। ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या तत्काल समाधान गर्न मन्त्रालयदेखि नेपाल आयल निगमसम्मका कर्मचारी सक्रिय रूपमा परिचालन भएका छन्। उपभोक्ताका गुनासा तत्काल सुन्ने र समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमको कार्यालयबाटै कर्मचारीहरू खटिएर गुनासो सुनुवाइ तथा समन्वय गरिरहेका छन्। पछिल्लो समय ग्यास वितरणसँग सम्बन्धित दैनिक २ सयभन्दा बढी गुनासा सम्बोधन भइरहेको जनाइएको छ। मन्त्रालय र निगमको समन्वयमा उपत्यकामा ग्यासको आपूर्तिलाई समेत तीव्र बनाइएको छ। हाल उपत्यकामा मात्रै एक दिनमा करिब ४० हजार सिलिन्डर ग्यास वितरण भइरहेको छ। मागअनुसार आपूर्ति…

Read More

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार सार्वजनिक गरिएको छ। यसअन्तर्गत २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ बम्पर उपहारका लागि छनोट भएको हो। विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताको घोषणा गरेको हो। यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँ नगद उपहार जितेका छन्। उपभोक्तामा बिल लिने बानीको विकास गर्दै कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षदेखि यो योजना सञ्चालनमा ल्याएको हो।…

Read More

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ। उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिकरूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ। जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक…

Read More

काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ । ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत यस राष्ट्रिय अभियानको शुभारम्भ गरिएको हो । विश्वका विकसित राष्ट्रहरूको आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र स्टार्टअपलाई मानिन्छ । विश्वका धेरै सफल कम्पनीहरू कुनै समय एउटा सामान्य विचार, सानो लगानी र ठूलो सपना बोकेका युवाको प्रयासबाट सुरु भएका थिए । आज तिनै स्टार्टअपहरूले लाखौँ रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्रलाई बलियो बनाएका छन् । यही विश्वव्यापी अनुभवलाई आत्मसात् गर्दै नेपालमा पनि…

Read More

काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनलाई तीव्र बनाएको छ। उपभोक्ताहरू ग्यास पाउन घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी वा आपूर्ति अवरोधबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको हो। उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले बिहीबार सूचना जारी गर्दै बजारमा ग्यासको अभाव वा अनियमितता देखिए तत्काल जानकारी गराउन अपिल गरेको छ। मन्त्रालयका अनुसार कुनै पनि उपभोक्ताले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको वा आपूर्तिमा समस्या देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी गुनासो दर्ता गराउन सक्नेछन्। मन्त्रालयले प्राप्त हुने सबै गुनासोलाई गम्भीरतापूर्वक लिइने जनाएको छ।…

Read More