Author: हाम्राे हेडलाइन

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले अन्तिम तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देव रहेका थिए। तीन जना प्रतिस्पर्धीमध्ये साह कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। निगमको प्रशासनिक तथा सञ्चालन अनुभवका आधारमा उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बताइएको छ। नवनियुक्त कार्यकारी निर्देशक साहले अब निगमको समग्र व्यवस्थापन, पेट्रोलियम पदार्थको आयात…

Read More

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारामलाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागको जग्गा प्रशासन शाखाका प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ। समितिलाई हाल प्रयोगमा रहेका विभिन्न सेवा सम्बन्धी लिखित फारामहरूको अध्ययन, समीक्षा तथा आवश्यक परिमार्जन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने ढाँचामा सरलीकरण गर्ने जिम्मेवारी दिइएको छ। मन्त्रालयका अनुसार समितिले फाराम सरलीकरण सम्बन्धी विस्तृत प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ। प्रतिवेदनका आधारमा आवश्यक सुधारसहितका नयाँ तथा सरलीकृत फाराम कार्यान्वयनमा…

Read More

काठमाडौं । सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। साउन ९ गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपको स्थिति आएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। सुरक्षाकर्मीको गोलीले लागेर कप्तानगन्जमा तीन जनाको मृत्यु भएको छ। त्यही घटनापछि विवाद बढ्दै जाँदा सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ। तराई(मधेशका घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए। त्यस्तै, घाइतेहरूको उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय…

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपीजी ग्यासको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। निगमका अनुसार उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको हो। मन्त्री यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिहरू सम्मिलित संयन्त्र गठन गरिएको हो। टिममा उद्योग मन्त्रालयका मङ्गल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्। निगमका अनुसार देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए…

Read More

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’ (एन्टिभेनम) को अभाव नरहेको स्पष्ट पारेकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिइन्। उनका अनुसार हाल उपलब्ध एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिब ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ। मन्त्री मेहताले सर्पदंश उपचारलाई थप प्रभावकारी बनाउन १३ हजार २…

Read More

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको एलपी ग्यासको आपूर्ति व्यवस्थापन र अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायबीच उच्चस्तरीय छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की को अध्यक्षतामा बसेको बैठकमा ग्यास आपूर्तिमा देखिएको अवस्थाको समीक्षा गर्दै समस्या समाधानका उपायबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा वितरण व्यवसायीसँग विस्तृत छलफल गरिएको हो। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला भएजस्तो वास्तविक ग्यास अभाव नरहेको दाबी गरेका छन्। पश्चिम एशियामा भएको द्वन्द्वका कारण केही समय ७.१ किलोग्रामको आधा सिलिन्डर वितरण गरिएको र हाल पुनः १४.२ किलोग्रामको पूर्ण सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एकाएक बढेकाले…

Read More

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा खाना पकाउने ग्यासको आपूर्ति नियमित भइसकेको भन्दै कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल सिलिन्डर भर्न लाइनमा नबस्न आग्रह गरेको छ। संघले मंगलबार जारी गरेको विज्ञप्तिमा विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण एलपी ग्यास आयात प्रभावित हुँदा उपभोक्तालाई आधा सिलिन्डर (७.१ केजी) मात्रै उपलब्ध गराइएको स्मरण गराएको छ। तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सामान्य बन्दै गएपछि ग्यास आयात पुनः नियमित भएको र अबदेखि पूर्ण क्षमताको १४.२ केजी सिलिन्डर नै वितरण भइरहेको जनाएको छ। संघका अनुसार बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण सबै उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्नु हो। यस्तो…

Read More

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीबाट ६५ जना ऋणीहरुबाट रकम असुलिएको जनाएको छ। nसमितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने…

Read More

काठमाडौं । ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’का निर्देशक सुब्रत आचार्य आठ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने भएका छन्। उनले आफ्नो तेस्रो निर्देशकीय फिल्मका रूपमा ‘पच्चीस पच्चीस’ निर्माण गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले मुख्य कलाकारहरूलाई समेत सार्वजनिक गरेको छ। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। यस फिल्ममार्फत चर्चित कमेडियन अमित सुब्बा (भक्ते भाइ) ले नेपाली चलचित्रमा डेब्यू गर्ने भएका छन्। दार्जिलिङ निवासी अमित घोषणा कार्यक्रममा ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’को टोलीसहित उपस्थित थिए। फिल्ममा कर्ण कार्कीको लगानी रहनेछ भने अजय न्यौपाने र धीरेन्द्र लाल…

Read More

खार्तुम । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा भएको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले जनाएको छ। सुडानमा मानवअधिकार उल्लंघनका घटनाको अभिलेखीकरण गर्दै आएको स्वतन्त्र संस्था इमर्जेन्सी लयर्सका अनुसार आइतबार उत्तरी डार्फर राज्यको अल–जाविया गारा गाउँस्थित नागरिक अदालतको मुख्यालयमा ड्रोन आक्रमण गरिएको थियो। उक्त अदालतले स्थानीय समुदायका लागि न्यायिक तथा सामाजिक सेवा प्रदान गर्दै आएको बताइएको छ। संस्थाले घटनाको स्वतन्त्र अनुसन्धानको माग गर्दै नागरिक तथा सार्वजनिक संस्थामाथि गरिएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको जनाएको छ। सन् २०२३ अप्रिलदेखि सुडानमा सरकारी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जारी गृहयुद्धका कारण देश गम्भीर मानवीय…

Read More