Author: हाम्राे हेडलाइन

काठमाडौं । पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य आरोहीहरूको शव उद्धार कार्य तीव्र पारिएको छ। उद्धारमा खटिएको ग्राउन्ड टिमले आइतबार पहिलो चरणमा घटनास्थलबाट शवहरूलाई सुरक्षित रूपमा क्याम्प–१ सम्म ल्याउने तयारी गरेको जनाएको छ। उद्धार टोलीका अनुसार सोमबार शवहरूलाई जापानी क्याम्पसम्म पुर्‍याउने योजना रहेको छ। त्यसपछि मौसम र हिमाली क्षेत्रको अवस्था अनुकूल भए हेलिकप्टरमार्फत शवहरूलाई सुरक्षित स्थानमा सारिनेछ। उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक उद्धार गरी स्वदेश फर्काउने लक्ष्यका साथ अभियान सञ्चालन भइरहेको जनाएको छ। दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि टोलीले अभियानलाई निरन्तरता…

Read More

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा कीर्तिमानी आरोही **निर्मल पुर्जा (निम्स दाइ)**को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा निधन भएको पुष्टि भएको छ। उनको कम्पनी इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको जानकारी दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पुर्जाका व्यवसायिक साझेदार निग्मा डेभिड शेर्पाले पनि इन्स्टाग्राममार्फत सोही जानकारी साझा गर्दै निधनको पुष्टि गरेका छन्। गत बिहीबार ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै क्रममा शुक्रबार चार जनाको शव फेला परेको थियो। त्यसक्रममा नेपाली पर्वतारोही पुरबहादुर गुरुङ, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र…

Read More

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। उहाँले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिइसक्नुभएको छ। समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य हुनुहुन्छ । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।

Read More

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्। उनले नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भाव कायम राख्ने र घटनाको निष्पक्ष छानबिन सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई संयमित रहन आग्रह गरे। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ गर्न सरकारले बहुपक्षीय रणनीति अपनाएको जानकारी दिँदै सबै सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्न आह्वान गरे।…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनापछि उत्पन्न परिस्थितिलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै राज्य संयन्त्र परिचालन गरिएको जानकारी दिए। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र आवश्यक सबै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले बताए। प्रधानमन्त्रीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाइसकेको छ।…

Read More

काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग र प्रदेश सरकारमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार, राष्ट्रिय महिला आयोगमा कार्यरत सहसचिव शंकरहरि आचार्य लाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। त्यसैगरी, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव देवराज जोशी लाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव ध्रुव घिमिरे लाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ। सरकारले प्रशासनिक संरचनालाई थप प्रभावकारी…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गरेका छन्। उनले यही परम्परालाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। राष्ट्रपतिले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना…

Read More

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगर क्षेत्रमा बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको जनाएको छ। प्रशासनका अनुसार लहान नगरपालिकाभित्र पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम), तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गदेखि ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ। यस्तै, सिरहाकै गोलबजार नगरपालिकामा पनि पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ। कर्फ्यु क्षेत्र पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपाससम्म तोकिएको छ। उता, धनुषाको जनकपुर…

Read More

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले मुलुकको राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाको समीक्षा गर्दै आगामी सुरक्षा रणनीति र समन्वयात्मक कार्ययोजनाबारे विस्तृत छलफल गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षासचिव केदारनाथ शर्माले देशको समग्र शान्ति–सुरक्षा, विद्यमान चुनौती र त्यसको प्रभावकारी व्यवस्थापनका उपायबारे परिषद्मा गम्भीर छलफल भएको जानकारी दिए। उनका अनुसार संघीय सरकारसँगै प्रदेश र स्थानीय तहबीच समन्वयलाई थप प्रभावकारी बनाउँदै देशभर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने विषयमा बैठकले जोड दिएको छ। बैठकमा हालै सुनसरीमा भएको घटनाको समीक्षा गर्दै त्यहाँको सुरक्षा व्यवस्था थप मजबुत बनाउने तथा भविष्यमा…

Read More

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्ने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै सम्झौता नगर्न आग्रह गर्दै गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी…

Read More