Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । बुधबार…
काठमाडौं । मलेसिया सरकारले नेपाली श्रमिक लैजाने प्रक्रियामा नेपाल सरकारले गरेको नयाँ प्रस्ताव अस्वीकार गरेको…
काठमाडौं । अब नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा अथवा नयाँ ढाँचामा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम पनि उकालो
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
- अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै देशभर नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, गृह तथा उद्योग मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका छिट्टै तयार गरी लागू गरिने सहमति भएको छ। त्यस्तै, स्वास्थ्य संस्थामा हुने…
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औं बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए । बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ र चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त…
काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक, आर्थिक, सहकारी, श्रम, राहदानी, वायुसेवा तथा मानव बेचबिखनलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयक संसदमा दर्ता गर्न स्वीकृति दिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन संशोधन, खानी तथा खनिज पदार्थसम्बन्धी नयाँ कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन), बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था, मेलमिलाप ऐन संशोधन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधन सम्बन्धी विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको हो। बैठकले सम्पत्ति शुद्धीकरण…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभापति लामिछानेले राष्ट्रपति पौडेललाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
काठमाडौं । सुनसरीसहित विभिन्न क्षेत्रमा विकसित तनावपूर्ण अवस्था, अशान्ति तथा सामाजिक र धार्मिक सद्भाव खलबलिने जोखिमप्रति गम्भीर चासो व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरूले संयमता र शान्ति कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा आयोजित सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रमुख नेताहरू सहभागी भएका थिए। बैठकमा सुनसरीको देवानगञ्जलगायत क्षेत्रमा विकसित घटनाक्रम, त्यसबाट उत्पन्न सुरक्षा चुनौती तथा सामाजिक सद्भाव जोगाउने उपायबारे विस्तृत छलफल भएको थियो। बैठकपछि नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम राख्न सबै राजनीतिक दलहरू एकमत भई संयुक्त अपिलसहितको विज्ञप्ति जारी गर्ने…
सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भइरहेका व्यक्तिगत टिप्पणी, मिम तथा दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्। बिकले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको नीति, निर्णय र कार्यसम्पादनमाथि आलोचना गर्न पाउने अधिकार भए पनि निजी जीवन, परिवार र व्यक्तिगत सम्बन्धलाई आक्रमणको विषय बनाउन नहुने बताएका छन्। उनले शिक्षामन्त्रीको काम, नीति र निर्णयमाथि तथ्यपरक आलोचना तथा समीक्षा लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै परिवार वा व्यक्तिगत जीवनलाई जोडेर गरिने आक्रमणले गलत संस्कृतिको विकास गर्ने बताएका छन्। बिकले सामाजिक सञ्जालमा फैलिने गलत सामग्रीले व्यक्तिको प्रतिष्ठा, करियर,…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताएका छन्। निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता लगानी विस्तार र आर्थिक रूपान्तरण रहेको बताए। उनले सरकारले अनावश्यक तथा पुराना कानुन खारेज गर्ने, लगानीको वातावरण सुधार गर्ने, कर प्रणालीलाई सरल तथा पारदर्शी बनाउने, व्यवसाय सञ्चालन सहज बनाउने, पुँजी बजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्ने योजना अघि बढाएको बताए। अर्थमन्त्री वाग्लेले श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट योजना सरकारले तय गरेको बताए। प्रधानमन्त्री स्वयं निजी क्षेत्रका विषयमा गम्भीर रहेको उल्लेख…
काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कलाकारद्वयलाई कदरपत्र प्रदान गरेका हुन्। महानिरीक्षक कार्कीले हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयलाई जनमानससम्म पुर्याउँदै मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन श्रेष्ठ र आचार्यले महत्वपूर्ण योगदान दिएको बताएका छन्। श्रेष्ठ र आचार्य आगामी एक वर्षसम्म मानव बेचबिखनविरुद्धको राष्ट्रिय सचेतना अभियानमा ‘एन्टी ह्युमन ट्राफिकिङ अवारनेस’ राजदूतका रूपमा सहकार्य गर्ने भएका छन्। उनीहरूले आफ्नो कला, आवाज र लोकप्रियतामार्फत जनचेतना फैलाउनेछन्। अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस २०२६ को अवसरमा ‘ट्रयाप्ड बिहाइन्ड द…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा सचिवालयका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ। रास्वपाका अनुसार बैठकका लागि सबै दललाई औपचारिक पत्र पठाइएको छ भने सभापति लामिछानेले सम्बन्धित नेताहरूसँग व्यक्तिगत रूपमा टेलिफोन सम्पर्क गरी सहभागी हुन आग्रह गरेका छन्। रास्वपा…
काठमाडौं । नेपाल चिकित्सक संघले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले बेवास्ता गरेको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मंगलबार संघको केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले बुधबार देशभरका स्वास्थ्य संस्थामा ओपीडीसहितका नियमित सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरिएको र न्यायको माग गर्दै गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको संघको आरोप छ। आन्दोलनअन्तर्गत बुधबार…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
