Author: हाम्राे हेडलाइन

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीपछि पाँच जना सम्पर्कविहीन भएका छन् भने ४७ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार जारी गरेको प्रेस नोटअनुसार खोज तथा उद्धार कार्यका लागि ४३७ सुरक्षाकर्मी र नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएका छन्। प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि लेदोसहितको बाढी आएको हो। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उहिलुङ निवासी भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी परिचालन…

Read More

नयाँ कक्षमा १६ आईसीयू, एक आइसोलेसन आईसीयू र आठ सीसीयू शैया। यसअघि सञ्चालनमा रहेका १० आईसीयू शैयासहित कुल क्षमता ३५ पुग्यो। शैया अभावले बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था घट्ने प्रतिष्ठानको अपेक्षा। पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालको सघन उपचार सेवाको कुल क्षमता ३५ शैया पुगेको प्रतिष्ठानले जनाएको छ। घटस्थापनाको अवसरमा आइतबार सुरु गरिएको नयाँ कक्षमा १६ शैयाको आईसीयू, एक शैयाको आइसोलेसन आईसीयू र आठ शैयाको सीसीयू समावेश छन्। अस्पतालमा यसअघि १० शैयाको आईसीयू सञ्चालनमा थियो। प्रतिष्ठानले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएको जानकारीअनुसार उपकुलपति प्रा. डा. नारायण सिंह…

Read More

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावितहरूको उद्धार गरेको हो। नेपाली सेनाका अनुसार जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरिएको छ। विभिन्न स्थानबाट उद्धार गरिएका उनीहरूको कुल संख्या ३६ पुगेको छ। बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

Read More

गोर्खाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले घर तथा पुललगायतका भौतिक संरचनामा क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–६ मा पहिरोले थुनिएको खोला एक्कासि बग्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन्। बाढीले सिर्दिबासस्थित जगत क्षेत्रमा घरहरू बगाएको छ। चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको उनले बताएका छन्। गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको हो। चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले पहिरोले थुनिएको खोला एकैपटक बग्दा बाढी आएको जानकारी दिएका छन्।…

Read More

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनबाट गायक पशुपति शर्मा अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ महाधिवेशनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले यसको जानकारी दिएका हुन्। बिहीबार मधेस प्रदेशको बर्दिबास–३, गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले महाधिवेशन उद्घाटन गरेका थिए। उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया सुरु भएको थियो। प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्य गरी ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत निर्वाचित भएका पदाधिकारी तथा शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहालमाथि विभागीय कारबाही गर्दै सेवाबाट हटाइएको पुष्टि गरेका हुन्। संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले गत असोज १९ गते दाहाललाई पदबाट निलम्बन गरेको थियो। उक्त घटनासम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएपछि उनलाई सेवाबाटै हटाउने निर्णय गरिएको हो। संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बनमा परेका दाहालमाथि विभागीय कारबाहीपछि बर्खास्तीको निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न आज साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उक्त राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको जानकारी दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सडकको अवस्था जोखिमपूर्ण भएकाले अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने तथा काठमाडौं बाहिरिने सवारीसाधन प्रभावित भएका छन्। सडक भासिएको…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपति कार्यालयबाट एउटा मात्रै अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरिएको हो। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिको अवस्थालाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याइएको हो। हालको व्यवस्थाअनुसार १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने…

Read More

काठमाडौं । सरकारले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ६८औँ बैठकले नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लगानी स्वीकृत गरिएको छ। त्यस्तै, ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय भएको छ। दुवै आयोजनाको कुल लागत २१ अर्ब १७ करोड…

Read More

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्यमध्ये एक मलेसियाले न्यूनतम मासिक तलब १७.६ प्रतिशतले बढाउने घोषणा गरेको छ। सन् २०२७ जुनदेखि विदेशी श्रमिकसहित सबै कामदारको न्यूनतम मासिक तलब हालको १ हजार ७ सय रिंगिटबाट बढेर २ हजार रिंगिट पुग्ने भएको हो। मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार संसद्मा सन् २०२७ को बजेट प्रस्तुत गर्दै न्यूनतम तलब वृद्धिको घोषणा गरेका हुन्। उनका अनुसार नयाँ व्यवस्थाबाट ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुनेछन्। मलेसियामा न्यूनतम ज्यालाको व्यवस्था स्वदेशी तथा विदेशी दुवै श्रमिकमा समान रूपमा लागू हुने भएकाले त्यहाँ कार्यरत नेपाली श्रमिकले पनि यसको लाभ पाउनेछन्। नयाँ दर लागू भएपछि न्यूनतम तलब पाउने श्रमिकको…

Read More