Author: हाम्राे हेडलाइन

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘रिट निवेदनले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी पठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाममा सर्वोच्च्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’’

Read More

काठमाडौं । नक्सामा नभएको क्षेत्रफल कानुनविपरीत कित्ताकाट गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चाबहिल, काठमाडौँका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जनसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय, सर्भेक्षक रामनारायण यादव तथा मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले तथा नायव सुब्बा उत्तम कुँवरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप हदैसम्मको जरिवाना र जेल सजायको माग छ। अख्तियारको छानबिनबाट काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ख, का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमतिबिना स्मार्ट सिटी अन्तर्गत परेको…

Read More

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको फराकिलो जित हासिल गरेको छ। नेपालले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमानले दुई सय २६ रन मात्र बनाउन सक्यो। ४६.३ ओभरमा नवौँ विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपाल विजयी भएको हो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्दतमा कीर्तिमानी रन बनाएको थियो।

Read More

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गरेका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट हात पारेको खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गरेका हुन् । नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले एकदिवसीयमा १०० विकेट पूरा गरे । सन्दीपले अफगानिस्तानका राशिद खानले यसअघि राखेको कीर्तिमानलाई तोडेका हुन् । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए । अस्ट्रेलियाका मिचेल स्टार्कले भने ५२ खेलमा १०० विकेट हात पारेका थिए ।

Read More

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । गजलको नेपाली साहित्यमा महत्त्व बढाउने तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाकाे, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वृहत् गजल महोत्सव हुने भएकाे हाे। महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्याङ्कन गराइ ४० वटा रचनाहरु वाचन तथा गायनमा छनोट गरिने नगरपालिकाले जनाएकाे छ । प्रतियोगितामा सहभागिताका लागि वैशाख १५ गतेसम्ममा आफूले सिर्जना गरेको मौलिक, प्रकाशन तथा प्रशारण र गायन रेकर्ड समेत नगरिएको बढीमा ७ सेरसम्मको कागजको एकातर्फ मात्र स्पष्ट बुझिने गरी लेखिएको…

Read More

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गरिएको उल्लेख छ । वैशाख १० गते आइतबार भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गर्नेगरी आयोगले गएरातिदेखि मौन अवधि लागू गरेको छ । विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को…

Read More

काठमाडाैं । नेपाली युवा अलरान्डर कुशल मल्ल एकदिवसीय क्रिकेटमा कीर्तिमान शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी ओमानविरुद्धको खेलमा कशुलले अक्युव इल्यासको बलमा छक्का प्रहार गर्दै शतक पुरा गरे। योसँगै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने कान्छो खेलाडी बनेका छन्। उनी १९ वर्ष ४७ दिनका मात्र भए। यो उनको मेडल एकदिवसीय शतक हो। यस्तै, कशुल एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी हुन्। करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा कुशलले ५९ बलमा समान ९ चौका र ९ छक्का प्रहार गरे। कुशल नेपालका लागि एकदिवसीयमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ । दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए ।

Read More

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) नेपालले दोस्रो खेल खेल्दै छ। प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई हराएर सुखद् सुरुवात गरेको नेपाल आज (शुक्रबार) ओमानको सामना गर्न लागेको हो। ओमानसँग शुक्रबार हुन लागेको प्रतिस्पर्धा नेपालको ५०औं एकदिवसीय खेल हो। नेपालले ५०औं एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै गर्दा थुप्रै नयाँ रेकर्डहरु पनि कायम हुने छन्। नेपालले सन् २०१८ मार्च १५ मा ओडीआई मान्यता प्राप्त गरेको थियो। यस पटक उक्त ओडीआई जोगाउन नेपालले निकै संघर्ष गरेको थियो। नेपालले हालसम्म ४९ ओडीआई खेलेको छ। नेपालले आफ्नो पहिलो ओडीआई खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग खेलेको थियो। दुई खेलको सिरिजमा…

Read More

काठमाडौं । लमजुङ उदिपुर सडक खण्डको पहिरोको निर्माण कार्यको लागि राजमार्ग आंशिक रूपमा बन्द हुने भएको छ । वैशाख ८ गतेदेखि जेठ पहिलोसातासम्म डुम्रे बेसीशहर चामे सडक योजना अन्तर्गतको उदिपुर सडक खण्डको पहिरोको निर्माण कार्यको लागि राजमार्ग आंशिक रूपमा बन्द गर्न लागिएको हो । डुम्रे बेसीशहर सडक खण्डको उदिपुरको पहिरोमा निर्माणकार्य शुरू भएको हुँदा उक्त समय हेरेर यात्रा गर्न सवारी यात्रुहरूलाई अनुरोध गरिएको छ ।

Read More