काठमाडौं । लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर –११,मा रहेको चिति साहित्य समाजले कविता प्रतियोगिताका साथै स्रष्टालाई सम्मान गरको छ ।
वडा नम्बर ११, भित्रका मा.वि.र आ.वि.का विद्यार्थीहरुबीच कविता प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बालविकास मा.वि.रामचोककी छात्रा कविता सेढाई प्रथम लोकराज आदर्श मा.वि.कार्कीडाडाँकी छात्रा सर्मिला तामाङ द्धितीय,जनजागृती आ.वि.बरबोटकी छात्रा कृष्मा पन्त तृतीय भएकी छन् ।
त्यस्तै जनकल्याण मा.वि.चितिकी नमूना पन्त र लोकराज मा.वि.का छात्र उपेस सिलुवाल सान्त्वना भएका छन् । विजयीलाई प्रमुख अतिथि चिति साहित्य समाजका संस्थापक अध्यक्ष रुद्रनिधि तिवारीले ‘प्रतापशाली इश्वरी पन्त स्मृति साहित्यिक पुरस्कार’ प्रमाणपत्र र नगदबाट पुरस्कृत गरेका थिए ।
कार्यक्रममा साहित्यको माध्यमबाट समाजमा जागरण ल्याउन विशेष भुमिका खेल्ने बेसिशहर नगरपालिका वडा नम्बर –११,का अग्रज स्रष्टाहरु दुर्गादत्त सेढाई,शम्भुशाली पन्त,दयानिधी सेढाई लगायतलाई अग्रज साहित्य प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो ।
साहित्यिक कार्यक्रममा वडा नम्बर –११, का वडा सदस्य विजयराज सेढाई ,साहित्याकार गोविन्दबहादुर कुवर,जन्मदिनमा वृक्षारोपण कार्यक्रमका केन्द्रीय अध्यक्ष वासुदेव सेढाई,राष्ट्रका लागि योगदान कार्यक्रम लमजुङ जिल्लाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ,बालविकास मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमदत्त सेढाई,प्र.अ.मदनराज सेढाई,कवि एवं पत्रकार वासु थापा लगायत विभिन्न क्षेत्रमा कामगर्ने विशिष्ट व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष बाबुराम पाण्डेले सस्थाको गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष नेत्र के.सि.ले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण सचिव सोविता रेग्मीले गरेकी थिइन् ।