काठमाडौं । क्लिनिक वानले काठमाडौं मण्डिखटारमा तेश्रो शाखा संचालनमा ल्याएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमकाबीच रिवन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा संचालन गरिने निःशुल्क स्वास्थ्य सिविर शुभारम्भ समेत गरे ।
उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पुर्याउन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।
क्लिनिक वानका उप निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा उपमेयर अनिता लामा,वडा नम्बर ९ की वडाध्यक्ष सुनिता त्रिपठी लगायतले स्वास्थ मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । यसअघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा संचालनमा ल्याएको क्लिक वानको यो काठमाडौं जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो ।
उद्घाटनको अवसर पारेर शनिबारदेखि नै पांच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। डाक्टर परामर्श,इसिजी,युरिक एसिड,सुगर,कोल्स्टोल जांच निःशुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत,ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।