काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सोमबार साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृतज्ञानीश्वर पन्तले सभा संचालन गरेका थिए भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनी महानुभावहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले स्वागत गरेका थिए ।
साधारण सभाले मुख्यतया आर्थिक वर्ष २०८०-८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशन सम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८१÷८२ को लागी लेखारीक्षकको नियुक्ति, सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।