काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतले जनाएको छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । त्यसअघि पाेखराकाे सूर्यदर्शन सहकारी प्रकरणमा उनले ६५ लाख रुपैयाँ धराैटी बुझाएर रिया भएका थिए । पाेखरापछि काठमाडाैँमा पनि उनीसँग धराैटी माग गरिएकाे हाे ।