काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३११ कम्पनीको १ करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ कारोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डिङको भएको छ । सीइडीबीको २३ करोड रुपैयाँ बढीको करोबार भएको छ ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड, सुपर मादी हाइड्रोपावरको १६ कारोड र माथिल्लो मैलुङ खोला जलविद्युतको १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।