काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा कायम भएकोा छ ।
आज ३२२ स्टकको ९० हजार ६९६ पटक कारोबारमा एक करोड ७६ लाख ९२ हजार ८१९ सेयर खरिद-बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ उपसमूहमै हरियाली देखिएको छ । सबैभन्दा धेरै अन्य उपसमूहको परिसूचक बढेको छ । उक्त उपसमूह ४.२४ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ १.३२, विकास बैंक २.७४, वित्त ०.८९, होटल तथा पर्यटन २.७१, जलविद्युत २.१२, लगाानी ३.८२, जीवन बीमा १.८९, उत्पादन ०.०८, माइक्रोफाइनान्स १.०७, म्युचल फण्ड ०.४९, नीर्जीवन १.०० र व्यापार २.४५ प्रतिशतले बढेको छ ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्टी पावर सेयरको कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, बारही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.२१ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
अन्य कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख ९५ हजार, सीईडिबी होल्डिंग्स २९ करोड ४२ लाख र सप्तकोशी विकास बैंकको २५ करोड ८ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।