काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेकाे छ । आज सेयर बजार नेप्से परिसूचक ११ दशलमव १० अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस बैंकको ३० करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड इदि मर्दिको १९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर कम्पनी र मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।