काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर भनिएका दूर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाडौं ल्याइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर झापको चन्द्रगढीबाट शुक्रबार काठमाडौं ल्याएको हो ।
उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेर काठमाडौं ल्याइएको छ । दुवै जनालाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।
राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरिएको हो । प्रसाईं चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए । प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो ।