काठमाडौं । काठमाडौं ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका -१५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ। उनका अनुसार यात्रु भने सकुशल रहेका छन्।
बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।