हिमालको शिर गगन छुने, साहसको गौरव बोल्छ,
तराईमा अन्न फल्छ भरि, मेहनत पसिनाले पोल्छ।
विपद् भोग्दै जननी रक्षा, वीर सपूतै मर्छन्,
रगतले लेखिएको इतिहास, सन्तति सम्झिरहन्छ।।
सन्तानले बलिदान दिएर, देशको मान बढाए,
साहसले न्याय सत्यको बाटो सजिलै देखाए।
दुखसुखमा साथ दिने आमा, मातृभूमि यही हो,
हृदयभित्र अटल भरोसा, देशमै जीवन रही हो।।
स्वार्थभन्दा माथि उठी जब, कर्तव्य पूरा हुन्छ,
सद्भाव र मिहिनेतले त देश उज्यालो बन्छ।
शिक्षा, सीप र ज्ञानको बाटो, विज्ञानले बढाउँछ,
भोलिको नेपाल गौरवले, विश्वमा नाम कमाउँछ।।
जातधर्म वा भाषा भिन्नता, भित्रै बाधा नहोस्,
समझदारी प्रेममै टेकेर, एकता दिगो रहोस्।
नेपाल हाम्रो आमा भएकी, सन्तान एउटै छौँ,
हृदयदेखि हात मिलाएर, विश्वमा चिनारी होऔँ
✍️ सुदिप वि.क
लमजुङ बेसिशहर-११