काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाइएको छ ।

