काठमाडौं । आसन्न निर्वाचनका लागि आइतबारसम्म ५६ राजनीतिक दलले दर्ता गरेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको र फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबार (मंसिर ७)सम्म ५६ राजनीतिक दलले दल दर्ता गरेका हुन् ।
आइतबार मात्र एकैदिन १६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने र मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गरिसक्नुपर्नेछ ।
आइतबार (मंसिर ७) मात्र १६ राजनीतिक दल दर्ता भए । जसअनुसार
१. नेपाली कांग्रेस
२. नेपाल समावेशी पार्टी
३. खम्बुवान राष्ट्रिय मोर्चा
४. नेपालका लागि नेपाली पार्टी
५. सचेत नेपाली पार्टी
६. जनप्रिय लोकतान्त्रिक पार्टी
७. राष्ट्रिय विकास पार्टी
८. नेसनल रिपब्लिकन नेपाल
९. युनाइटेड नेपाल डेमोक्रयाटिकक पार्टी
१०. जय मातृभूमि पार्टी
११. नेपाल नौलो जनवादी पार्टी
१२. श्रम संस्कृति पार्टी
१३. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१४. स्वाभिमान पार्टी
१५. जनप्रजातान्त्रिक पार्टी
१६ जनता प्रगतिशिल पार्टी
यसअघि गत शुक्रबारसम्म दर्ता भएका राजनीतिक दल
१. नेपाली कम्युनिस्ट पार्टी
२. राष्ट्रिय स्वतन्त्र पार्टी
३. जनता समाजवादी पार्टी नेपाल
४. जनमत पार्टी
५. जनता समाजवादी पार्टी
६. नेकपा (मार्क्सवादी–लेनिनवादी)
७. नागरिक उन्मुक्ति पार्टी नेपाल
८. नेपाल सद्भावना पार्टी
९. राष्ट्रिय जनमोर्चा
१०. नेपाल जनता संरक्षण पार्टी
११. नेपाल जनता पार्टी
१२. राष्ट्रिय समता पार्टी नेपाल
१३. संयुक्त नागरिक पार्टी
१४. नेपाल जनमुक्ति पार्टी
१५. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
१६. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
१७. नेपाल परिवार दल
१८. राष्ट्रिय जनता पार्टी नेपाल
१९. नेपाल मानवतावादी पार्टी
२०. समावेशी समाजवादी पार्टी नेपाल
२१. जनप्रजातान्त्रिक पार्टी नेपाल
२२. विकासशील जनता पार्टी
२३. राष्ट्रिय नागरिक पार्टी
२४. राष्ट्रिय परिवर्तन पार्टी
२५. नेकपा माक्र्सवादी (पुष्पलाल)
२६. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२७. राष्ट्रिय एकता दल
२८. संघीय नेपाल पार्टी
२९. गतिशील लोकतान्त्रिक पार्टी
३०. नेपाल जनश्रमदान संस्कृति पार्टी
३१. राष्ट्रिय साझा पार्टी
३२. परिवर्तन पार्टी
३३. देश विकास पार्टी
३४. प्रगतिशील लोकतान्त्रिक पार्टी
३५. देशभक्त समाज
३६. नेपाल लोकतान्त्रिक पार्टी
३७. नेपाल मजदुर किसान पार्टी
३८. आम जनता पार्टी
३९. मंगोल नेसनल अर्गनाइजेसन
४०. बहुजन शक्ति पार्टी

