काठमाडौं । ११ जना प्रमुख प्रशासकीय अधिकृतसहित २८ शाखा अधिकृत स्तरका कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुष चार र छ गतेको निर्णय अनुसार विभिन्न पालिकामा कार्यरत प्रप्रअ र शाखाअधिकृस्तरका कर्मचारीहरूको सरुवा गरेको हो ।
यसरी सरुवा गरिएका मध्ये कतिपय प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्य स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने कतिपयलाई प्रदेश तथा संघीय मन्त्रालयहरूमा सरुवा गरिएको छ ।
आजै मात्र १५ जना उपसचिवहरूको पनि सरुवा गरिएको छ ।


