काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुनमा निर्वाचन गराउनै पर्ने संवैधानिक बाध्यता रहेको बताएकी छिन्।
सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलका क्रममा प्रधानमन्त्री कार्कीले संसद्को दुई अधिवेशनबिचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने प्रावधान उल्लेख गर्दै यस्तो बताएकी हुन्।
‘एउटा सरकारको टाइमको बिचमा अथवा दुई वटा सेसनको बिचमा ६ महिनाभन्दा बढीको ग्याप हुनु हुँदैन भन्ने संवैधानिक प्रावधानले गर्दा हामीमा त्यो बाध्यता आयो र निर्वाचन गर्न भनियो,’ उनले भनिन्।
निर्वाचन कुनै संकटको घडि नभई परिवर्तनको एउटा मार्ग रहेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुने प्रष्ट पारिन्।

