काठमाडौं । सुनचाँदीको भाउमा निरन्तर गिरावट आइरहेको छ । अघिल्लो दिन १२ हजार ५०० रुपैयाँले घटेको सुनको मूल्य आज थप ६ हजार ५०० रुपैयाँले घट्दै २ लाख ७५ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घट्दै ४ हजार ४४५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

