काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता भएको छ । दुई पार्टीबीच आज सातबुँदे सहमतिसहित पार्टी एकता भएको हो ।
एकताको सहमतिपत्रमा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने र उनेपाको तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । भने, रास्वपा नेता बालेन साहले साक्षीको रूपमा हस्ताक्षर गरेका छन् । उज्यालो नेपाल मन्त्री कुलमान घिसिङको पहलमा खुलेको पार्टी हो । रवि, बालेन र कुलमानबीच छलफलपछि एकताको सहमति भएको हो ।


