काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भने-‘ कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो ।’ पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए । पोखरेलले एकता र विश्वास एकैपटक जगाउन आग्रह पनि आफूहरूको आग्रह गरे ।
प्रेस विज्ञप्ति-

