काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेर नयाँ रेकर्ड नजिक पुगेको छ।
अघिल्लो दिन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ८८ हजार ७०० रुपैयाँमा पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
लगातार सुनचाँदीको मूल्य बढ्दै जाँदा बजारमा यसको प्रभाव र माग–आपूर्तिको अवस्थाबारे चासो बढेको छ।

