काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ उपसचिव र ५२ अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।
सरुवा भएका अधिकांश कर्मचारीलाई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। लामो समयदेखि स्थानीय तहमा कार्यरत कर्मचारीलाई भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा सरुवा गरिएको छ।
मन्त्रालयका अनुसार स्थानीय तहमा प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाउने तथा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको हो। यससँगै विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसमेत हेरफेर भएका छन्।


