काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुई वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
नेपालको संविधानको व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन्।

