काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बिहीबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहबीच आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ मा भएको व्यवस्थाबमोजिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन भएका मुख्य कामकारबाही तथा गतिविधि समेटिएका छन्।
आयोगले प्रतिवेदनमार्फत भ्रष्टाचार नियन्त्रण, उजुरी छानबिन, अनुसन्धान तथा अभियोजनलगायतका क्षेत्रमा भएका कामको विवरण प्रस्तुत गरेको जनाएको छ।

