काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका चारजना वरिष्ठ न्यायाधीशलाई सिफारिस गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको न्याय परिषद्को बैठकले लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश पदपूर्तिका लागि चारजनाको नाम सिफारिस गरेको हो।
परिषद्को सिफारिसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
सिफारिस भएका चारैजना उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्। डा. बागचन्दसहित सिफारिसमा परेका न्यायाधीशहरूले उच्च अदालतका मुख्य न्यायाधीशका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
न्याय परिषद्को सिफारिस अब संसदीय सुनुवाइ समितिमा जानेछ। समितिबाट अनुमोदन भएपछि उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

