नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको थियो।

